नेपालका राष्ट्रपति शुक्रबार सदनमा

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने हुनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले यो जानकारी दिनुभएको हो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०८२ वैशाख १९ गते शुक्रबारका दिन ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने सभामुख घिमिरेले उल्लेख गर्नुभयो ।

राष्ट्रपतिको सम्बोधनको कार्यक्रम भएकाले प्रतिनिधि सभाका सम्पूर्ण सदस्यलाई पौने ३ बजे नै आफ्नो आसन ग्रहण गरिसक्न पनि सभामुखले सूचित गर्नुभएको छ ।