एएफसी एसिया कप छनोट-नेपाल मलेसियासँग पराजित
एएफसी एसिया कप छनोट प्रतियोगितामा नेपाल मलेसियासँग पराजित भएको छ। मंगलबार साँझ क्वालालम्बुरको बुकित जलिल राष्ट्रिय रंगशालामा भएको खेलमा मलेसियासँग नेपाल १(० गोलले पराजित भएको हो। मलेसियाका लागि फैसल हलिमले गोल गरेका थिए। खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। दोस्रो हाफको ५६औं मिनेटमा हलिमले गोल गरेका हुन्। समूह ‘एफ’मा रहेको नेपालको यो पाँचौं हार […]