नेपाल-पाकिस्तान सहकार्यलाई युवा उद्यमशीलता र प्रविधिसँग जोड्ने प्रतिबद्धता, स्टार्टअप समिटलाई राजदूत खानको साथ
काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत मोहमद अमिर खान र स्टार्टअप समिट नेपाल-२०२६ की अध्यक्ष शोभा ज्ञवालीबीच नेपाल–पाकिस्तान सम्बन्धलाई युवा उद्यमशीलता, प्रविधि, सीप तथा नवप्रवर्तनसँग जोड्दै नयाँ अवसर सिर्जना गर्ने विषयमा छलफल भएको छ। महाराजगञ्जस्थित पाकिस्तानी दूतावासमा भएको भेटवार्तामा राजदूत खानले स्टार्टअप समिट नेपाल-२०२६ लाई आफ्नो तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। […]