उपराष्ट्रपति यादव र चीनका राजदूत माओमिङबीच भेट : पुनःनिर्माणमा सहयोग गर्न चीन तयार
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षति तथा सहयोगलगायतका विषयमा विचार–विमर्श भएको थियो । उपराष्ट्रपति यादवले भोटेकोशी बाढीमा नेपाली, चिनियाँ तथा अन्य विदेशी नागरिकको मृत्यु, सम्पत्ति र पूर्वाधारमा भएको […]