शेयर बजारमा सानिमा माइ हाइड्रोपावर कम्पनीले धेरै कमायो

मंगलबार सबैभन्दा धेरै सानिमा माइ हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८२ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै ङादी ग्रुप पावरको ६२ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४६ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ ।


तर कूल शेयर बजार मंगलबार घटेको छ ।

आज नेप्से परिसूचक १५ दशमलव ०८ अंकले घटेर २,६३१ को विन्दुमा कायम भएको हो।

मंगलबार ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको घटेको छ ।

मंगलबार दिनभरिमा ३११ कम्पनीको १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड माथिको कारोबार भएको छ ।