सधैँ किचलो भइरहने एमाले केन्द्रदेखी स्थानियस्तरसम्म आन्तरिक कलह थप चर्किएको छ । अधिवेशन सम्पन्न भएको १ वर्षसम्म नेतृत्वले सचिवालय गठन र कार्यविभाजनसमेत विभिन्न जिल्लाहरुमा गर्न नसकेको भन्दै व्यापक आक्रोश र असन्तुष्टि बढेको हो । सिन्धुपाल्चोक, कैलाली, बर्दिया लगायतका विभिन्न जिल्ला तथा प्रदेशका यसका उदाहरण हुन् ।
सिन्धु एमालेको गत वर्ष चैतमा अधिवेशन भएको थियो । पद तथा गोपनीयताको शपथग्रहणसमेत हिसाब गर्दा त्यसयता जिल्ला कमिटीको ३ वटा मात्र बैठक बसेको छ । एक त बैठक नै नबस्ने, अर्कोतिर सचिवालय गठनसम्म नभएपछि नेताहरू आरोप-प्रत्यारोपमा उत्रिन थालेका छन् ।
एक वर्षसम्म सदस्यहरूको कार्यविभाजन नभएकोमा सम्बन्धित अध्यक्षको चर्को आलोचना भइरहेको छ । योसँगै हेलम्बू लगायत विभिन्न गाउँपालिकाकोे अधिवेशन उद्घाटन भएको महिनौँ भइसक्यो तर आजका दिनसम्म नेतृत्व चयन भएको छैन ।
केहि समयअघि देखि केन्द्रमा विभाजन शुरु भएसँगै स्थानिय निकायमा पनि यो क्रम जारी छ । दोष कसैले सम्बन्धित निकायलाई लगाउछन् भने कसैले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यो विवाद कहिलेसम्म भइरहने हो ? प्रश्न सबैमा आइरहेको छ ।
यतिमात्र होइन कम्युनिष्टहरु एक होउँ भनेर एमाले, माओवादी मिलेपनि फेरी टुक्रिए, आरोप प्रत्यारोपमा भइ अघि बढिरहे ।