खुसीको कूरा : सुन सस्तो भयो

तोलामा सात सयले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ ।

मङ्गलबार प्रतितोला एक लाख ८८ हजार  ८ रुपैयाँमा कारोबार भएको पहेँलो धातु एक लाख ८८ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर एक हजार नौ सय ६५ रुपैयाँ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।