को हुने हो एचआईडीसीएलको सिइओ ?

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन दिएका मध्ये ५ जनाको दरखास्त स्वीकृत भएको छ । सीइओ छनौट समितिले आवेदकको शैक्षिक योग्यता र अनुभवको आधारमा ५ जनाको दरखास्त स्वीकृत गरेको जनाएको हो ।

आवेदन स्वीकृत हुनेमा घोराही नगरपालिका ८, दाङ्गका अरुण रजौरिया, भरतपुर महानगरपालिका ७, चितवनका बासु देव भण्डारी, काठमाण्डौ महानगरपालिका-५, काठमाण्डौका प्रजेश विक्रम थापा, अर्जुनचौपारी गाउँपालिका ६, स्याङ्गजाका लक्ष्मण पौडेल, र विराटनगर महानगरपालिका -६, मोरङ्गका बिजय कुमार श्रेष्ठ रहेका छन् । अब यी मध्येबाट १ जना कम्पनीको सीइओ हुने छन् । सीइओको लागि उषा खतिवडाले पनि आवेदन दिएकोमा समितिले उनको आवेदन अस्वीकृत गरेको छ।

आवेदन स्वीकृत भएका मध्ये अरुण रजौरिया हाल कम्पनी कै डेपुटी सीइओ छन् । बासु देव भण्डारी पनि हाल कम्पनी कै मुख्य प्रबन्धक छन् । प्रजेश विक्रम थापा हाल चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनी चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को)को सीइओ छन् ।

त्यस्तै लक्ष्मण पौडेल नेपाल बैंकका पूर्व डेपुटी सीइओ हुन्। विजय कुमार श्रेष्ठ हाल कर्मचारी संचय कोषको मुख्य प्रबन्धक छन् ।