युवा मार्गको लागि साउदी अरबमा साँगितिक कार्यक्रम

नेपाली कला संस्कृतिको उत्थान तथा पाँचथर हिलिहाङ्ग गाउँपालिका को युवा मार्गको स्तरोन्नति को लागि  के.आई. ग्रुपले आगामी जुन ६ मा साउदी अरबको जुलेबमा साँगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ । संस्थाका संस्थापक श्रीप्रसाद यावका अनुसार कार्यक्रम अल हुमैदान हल (लुलु हाईपर मार्केटको पछाडि पट्टी) मा हुनेछ ।

कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकारहरु रचना रिमाल, प्रिती आले, प्रकाश दुतराज, नोगेंन लिम्बु, मधुमाया थापा मगर, सुनिता थेगिम को साथमा प्रिती पासवान नृत्य रहने छ ।

बिगत १५ बर्ष देखि साउदी अरेबिया को जुबेल स्थित आफ्नो रेस्टुरेन्ट   के। आई, हिमालयन किचन, के। आई, फेन्सी , के। आई, ट्राभल को व्यबसाय गर्दै आएका के.आई.ग्रुपका सह(संस्थापकमा ओम प्रसाद फुयाँल तथा ईश्वर काप्रीका अनुसार संस्था सामाजिक कामहरूमा समेत संस्था सक्रिय रहेको छ । देव धिमालले कार्यक्रमको संयोजन रहुनभएको छ ।

पाँचथर जिल्ला हिलिहाङ्ग गाउँपालिका को यवा मार्गको १० किलोमिटर बाटो आफनै ब्यक्तिगत लगानीमा बनाएका प्रसाद यादवले यस्ता कार्यक्रमहरुबाट हुने आम्दानीबाट सामाजिक कामहरूमा निरन्तरता गरिरहनु भएको छ । उहाँका अनुसार कार्यक्रमको टिकट साउदी अरबको जुबेल, दमाम, र खोबरको नेपाली होटलहरुमा उपलब्ध गराइएको छ ।