विश्वभर प्रेस स्वतन्त्रताको मूल्याङ्कन गर्न, सञ्चारमाध्यमलाई आफ्नो स्वतन्त्रतामाथिको आक्रमणबाट जोगाउन र आफ्नो पत्रकारिताको अभ्यासमा ज्यान गुमाएका पत्रकारहरूलाई श्रद्धाञ्जली दिन मनाइने समय हो विश्व प्रेस स्वतन्त्रता दिवस ।
सन् १९९१ मा युनेस्कोको साधारण सम्मेलनको छब्बीसौं सत्रमा अनुमोदन गरिएको सिफारिसपछि सन् १९९३ मा संयुक्त राष्ट्र सङ्घको महासभाले विश्व प्रेस स्वतन्त्रता दिवसको घोषणा हो । यो सन् १९९१ मा ऐतिहासिक विन्डहोक घोषणा गर्ने अफ्रिकी पत्रकारहरूको आह्वानको प्रतिध्वनि स्वरूप मनाइने दिन पनि हो ।
२०२५ को मे ३ मा संयुक्त राष्ट्र महासभाले प्रेस स्वतन्त्रताको लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको ३२ वर्ष पूरा भयो ।
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को मुख्य कार्यक्रम “नयाँ साहसी संसारमा रिपोर्टिङः प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव“ भन्ने शीर्षकमा २०२५ मे ७ मा बेल्जियमको ब्रसेल्सस्थित बोजार कला केन्द्रमा आयोजना भयो ।
जसमा पत्रकारिता, मिडिया, र मानव अधिकारमा कृत्रिम बुद्धिमत्ताको गहिरो प्रभावबारे भएको छलफलले निरन्तरतामा जोड दिन्छ । जसद्धारा नीति घटछ ले कृत्रिमभन्दा प्रत्यक्ष सकारात्मक समाचारको प्रतिबद्धता देखाउने मात्र नभई कार्यान्वयनमा लगाउने छ ।
त्यसैले मे ३ को विश्व प्रेस स्वतन्त्रता दिवसले श्रेयन सोचको बाटो तयार हुन आवश्यक छ । त्यसमा इटा थप्ने काम नीति घटछ ले गर्छ । सबै संस्था सबै व्यक्तिले राम्रो काम गरिहेकै हुन्छन् । अर्को पक्षलाई असर हुँदा पनि अभिव्यक्तिमा सकारात्मक प्रेरणा हुनुपर्छ ।
प्रेसस्वतन्त्रता र व्यावसायिक नैतिकताका मुद्दाहरूका बारेमा नीति घटछ ले सकारात्मक प्रतिबिम्बित गर्न पाइला चालेको छ । सकारात्मक पक्षको संयम वा उन्मूलनका लागि लक्षित नीति घटछ अगाडी बढ्दै छ ।
डिजिटल घेराबन्दीमा नीति घटछ ले डिजिटल युगले अभिव्यक्ति स्वतन्त्रतामा सकारात्मक प्रभाव, पत्रकारको सुरक्षा, सूचनामा पहुँच र गोपनीयताका विषयमा अघि बढ्न आवश्यक छ ।
नेपाल लगायत विश्वभर मनाईदै गरिएको प्रेस स्वतन्त्रता दिवसको सबैलाई शुभकामना