एएफसी च्याम्पियन्स लिगको उपाधि अल अहलीलाई

एएफसी च्याम्पियन्स लिग फुटबलको उपाधि साउदी अरेबियन क्लब अल–अहली साउदीले हाता पारेको छ ।
जेद्दाहस्थित किङ अब्दुलल्लाह स्पोट्र्स सिटी स्टेडियममा गएराति भएको फाइनल खेलमा जापानिज क्लब कावासाकीलाई २–० ले पराजित गर्दै अहलीले पहिलोपटक उपाधि जिते ।
अल–अहलीको गालेनोले खेलको ३५औं मिनेटमा र केस्सीले ४२औं मिनेटमागोल गरेका हुन । साथै अहलीका ब्राजिलियन खेलाडी रोबर्टो फर्मिनो एएफसी च्यम्पियन्स लिगकै मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका छन् ।