सामाजिक सन्जालमा प्रधानमन्त्री ओलिलाइ गालि गर्नेहरुप्रति प्रथम महिला शाक्यको कटाक्ष

प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले आफ्ना श्रीमान् विरुद्ध सामाजिक सञ्जालमा आइरहेका गालीगलौज प्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा उहाँले सामाजिक सञ्जालले नकारात्मकतातिर डोर्‍याइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।

त्यो डोर्‍याइको (सामाजिक सञ्जालको नकारात्मकता) करिब-करिब धेरै भाग त हाम्रो केपी सरलाई गाली गर्नमा नै छ जस्तो लाग्छ । तर, त्यो गाली गरेर हामीलाई त केही पनि हुने वाला छैन, ‘उहाँले भन्नुभयो, ‘हामी कति नै बाँच्छौँ अब ? हामी भनेको उत्तरार्धतिर पुगिसकेका मान्छे हौँ ।’

आफूहरू हिजो पञ्चायतको दमन त सहँदै आएको उल्लेख गर्दै उहाँले अहिलेको खुल्ला वातावरणमा सामाजिक सञ्जालमा आउने गालीगलौज सहन सक्ने बताउनुभयो ।

तर, जो जो मान्छेले आज केपी ओलीलाई गिज्याउन पाएँ र केपी ओलीलाई गाली गर्न पाएँ भनेर खुसी भइ राख्नु भएको छ नि, आखिरमा उहाँहरूकै भविष्य अन्धकार हुन्छ,शाक्यले अगाडि भन्नुभयो, ‘उहाँहरूले आफ्नै खुट्टामा बन्चरो आफैँले हान्दै हुनुहुन्छ र आफ्नो सन्तान दरसन्तानको भविष्य अन्धकार बनाउँदै हुनुहुन्छ भन्ने मेरो निष्कर्ष छ । हामीलाई त केही हुनेवाला छैन ।’