स्टक ब्रोकर एशोसिएसन अफ नेपालको टोलीले नेपाल धितोपत्र बोर्डका पदाधिकारीलाई भेट गरेको छ । एशोसिएनको अध्यक्ष सागर ढकालको सहितको टोलीले बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग भेट गरेका छन् ।
बोर्डका उच्च व्यवस्थापन, तथा स्टक ब्रोकर एशोसिएसन अफ नेपाल (सेबोन) का पदाधिकारीहरू बिच सोमबार बोर्डको कार्यालय ललितपुरमा धितोपत्र दलाल व्यवसायीले प्रदान गर्ने सेवालाई थप विस्तारित एवम् प्रभावकारी बनाउने सम्बन्धमा छलफल सम्पन्न भयो ।
छलफल पश्चात् सेबोनका तर्फबाट विद्यमान व्यवस्थामा नीतिगत रूपमा परिमार्जन गर्नुपर्ने विषयका सन्दर्भमा सुझाव समेत पेश गरिएको थियो ।
स्टक ब्रोकर एशोसिएसन अफ नेपालको टोलीले नेपाल धितोपत्र बोर्डका पदाधिकारीलाई भेट गरेको छ । एशोसिएनको अध्यक्ष सागर ढकालको सहितको टोलीले बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग भेट गरेका छन् ।
सोमबार बोर्डको कार्यालय ललितपुरमा धितोपत्र दलाल व्यवसायीले प्रदान गर्ने सेवालाई थप विस्तारित एवम् प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको थियो ।
ब्रोकरहरूको चुक्ता पुँजी २० करोड रुपैयाँ पुर्याउन दिएको समय जेठबाट सकिँदै छ । त्यस अगाडि बोर्डका अध्यक्ष श्रेष्ठसँग ब्रोकरहरूले समय थपको माग गर्दै भेट गर्न गएका थिए ।
भेट सकारात्मक रहेको एशोसिएनका अध्यक्ष ढकालले जानकारी दिनुभएको छ । ब्रोकरको तर्फबाट पुँजी बढाउन समय थप र ब्रोकरलाई अन्य सेवाहरू पनि थप दिनुपर्ने मुख्य माग रहेको ढकालले बताउनुभयो ।
उहाका अनुसार अध्यक्ष श्रेष्ठले एउटा कमिटी बनाएर ऐन संशोधनको विषयमा काम गर्ने ब्रोकरलाई प्रतिबद्धता गरेको बताए । ‘अध्यक्ष ज्यूले एउटा कमिटी बनाएर जाने भन्नुभएको छ’, ढकालले भन्नुभयो, ‘हाम्रो माग सम्बोधन हुन्छ ।’
ब्रोकरहरूले पुँजी व्यक्तिको समय थप हुनुपर्ने माग गर्दै आएका छन् । धितोपत्र बोर्डले मर्जरको उपाय दिए पनि अहिलेसम्म कुनैपनि ब्रोकरहरू मर्जरमा जाने घोषणा भने भएको छैन ।