दर्शकहरूको जवाफझैँ प्रेमको रङ ठ्याक्कै एउटै त कहाँ हुन्छ र ? कहिले त्यही प्रेम खुसीको कारण बन्छ त कहिले दुस्खको। समय न हो, सधैँ एकनास कहाँ चल्छरु जसले जस्तो अनुभूत गरे, सायद प्रेमको परिभाषा पनि सोहीअनुसार हुन्छ।
तर, एउटा कुराचाहिँ मान्नुपर्छ। प्रेम सम्बन्ध जोड्न जति सजिलो हुन्छ, निर्वाह गर्न उत्तिकै कठिन। नाटक ‘कथा–एक’ ले एक जोडीको वैवाहिक सम्बन्धमा आउने उतारचढावको यात्रा गराउँछ।
वेदना राई, प्रेम सिलवाल विश्वकर्मा लगायतका कलाकारहरुको सहभागिता रहेको कथा एक नाटक मन्डला थिएटरमा प्रदर्शनमा छ । यसका निर्देशक अनुप न्यौपाने हुनुहुन्छ ।