नेपाल सरकारको गैर जिम्मेवारीका कारण भारतले नेपाललाई तिर्न रहेको भुक्तानी रुपैयाँ बाँकी छ । भारतीय टेलिभिजन च्यानल नेपालमा प्रसारण हुँदा पैसा तिर्नुपर्ने व्यवस्था रहेको छ । तर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार नीति कार्यान्वयनमा आएपछि यस्ता संस्थाले टेलिभिजन च्यानलहरूको न्यूनतम शुल्कबापत मासिक करसहित २५० रुपियाँ मात्र लिन पाउनेछन्। यो रकममा स्वदेशी तथा विदेशी ‘फ्री टु एयर’ च्यानल उपभोक्तालाई देखाउनुपर्नेछ।
यस्तो च्यानलहरु सूचनामूलक, जानकारीमूलक, शिक्षाप्रद, मनोरन्जनात्मक हुनुपर्ने प्रावधान छ।केबल टीभी सेवा प्रदायकहरु र आईपीटीभी सेवा प्रदायकहरुका अनुसार भारतीय च्यानलहरुलाई तिर्नुपर्ने रकम करोडौंमा पुगेको छ। उनीहरुकाअनुसार नेपालमा स्टार, जी र कलर्सका च्यानलहरु उपलब्ध गराउने एग्रिगेटर डीएमबी होल्डिङ्गका लागि करिब ३५ करोड भारतीय रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
यसैगरी अर्को च्यानल ग्रुप सोनीको लागि डीएसएनलाई २० करोड भारतीय रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
स्टार इन्डिया अन्तर्गत ३२, सोनी पिक्चर्स अन्तर्गत २१, जी इन्टरटेनमेन्ट अन्तर्गत १०, इन्डियाकास्ट मिडिया डिस्ट्रिब्युसन अन्तर्गत १५, डिस्कभरी नेटवर्क एसिया प्यासिफिक अन्तर्गत १४, एचबीओ अन्तर्गत ५, बीबीसी स्टुडियो डिस्ट्रिब्युसन अन्तर्गत १ र बेनेट कोलम्यान एण्ड कम्पनी अन्तर्गत २ च्यानलहरू कुल ३२ ओटा च्यानलहरू नेपालमा प्रसारण गरिँदै आएको छ।