नेपाली जुडो टोली भुटान मा

काठमाडौं । प्रथम दक्षिण एसियाली युथ जुडो डेभलोप्मेन्ट प्रतियोगिता तथा क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मंगलबार भुटानको थिम्पु प्रस्थान गरेको छ ।
मे ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आट्र्स केन्द्र (एमएमएसी) का ४ पुरुष र २ महिला गरी ६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
पुरुष तर्फ विसाज महर्जन, सदिन तामाङ, जुविन महर्जन र साइमन तामाङले खेल्ने छन् भने महिला तर्फ श्रष्टा नापित तथा जेनिशा वाइबा सहभागी हुने छन् ।
प्रशिक्षकमा योगन्द्र विष्ट, अफिसियलमा नवीन महर्जन, आईटी अफिसियलमा लखनराज थापा मगर र कुलबहादुर कुँवर तथा निर्णायकमा किरण गडेल पनि साथमा रहेका छन् ।