मोबाइल फोनले बच्चाहरूमा नकारात्मक प्रभाव : अभिभावक सतर्क हुन जरुरी

पछिल्ला वर्षहरूमा मोबाइल फोनको प्रयोग व्यापक भएको छ । विशेषज्ञहरूका अनुसार बालबालिकालाई मोबाइल फोन दिनु उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा नकारात्मक असर पर्छ । लामो समय मोबाइल प्रयोगले आखाँको दृष्टिमा असर गर्नुका साथै निद्रामा बाधा, तथा चिन्ता र डिप्रेसनजस्ता मानसिक समस्याहरू ल्याउन सक्छ ।
बच्चाहरू सामाजिक रूपमा अलगिन सक्ने, पढाइमा ध्यान केन्द्रित गर्न नसक्ने खराब बानीको विकास हुने खतरा पनि हुनसक्छ । युट्युब, गेम र सामाजिक सञ्जालको लतले उनीहरूलाई गलत सूचना तथा अश्लील सामग्रीमा समेत पहुँच दिन सक्छ ।
विशेषज्ञहरू भन्छन्, “मोबाइलको प्रयोग उमेरअनुसार सीमित र नियन्त्रणसहित हुनुपर्छ ।” अभिभावकले वैकल्पिक गतिविधिमा बच्चाको रुचि विकास गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।