नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका १४ र १५ का चेपाङ समुदायलाई लक्षित गरी खाद्य सामग्री वितरण गरेको छ ।
बैंकका बागमती प्रदेश प्रमुख सुशीलराज श्रेष्ठले समुदायका ६३ परिवारलाई एक कार्यक्रमबिच औपचारिक रूपमा उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् । बैंकले विपन्न तथा पिछडिएका वर्गहरूमा यस किसिमको कार्यक्रम समय–समयमा गर्दै आइरहेको जनाएको छ ।