मिडियामा प्रयोग हुने भाषाप्रति आपत्ति : प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली मिडियामा प्रयोग हुने भाषाप्रति आपत्ति जनाएका छन् । गोरखापत्र दैनिकको १ सय २५ औं वर्ष प्रवेश तथा ६३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनल यस्तो आपत्ति जनाएका हुन् । गोरखा पत्रबाहेक अन्य मिडियाहरुमा ‘तिमी’ शब्द प्रयोग गरेकोमा प्रधानमन्त्री ओलीले विमति राखेका छन् ।
‘गोरखापत्रलाई नेपाली भाषाको शुद्धताको मानक मानिन्छ । कुनै पनि समाचारपत्रले भन्दा भाषिक आन्दोलन बचाउने कुरामा गोरखापत्र अगाडि छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘राष्ट्रपतिले भने भन्छ कि भन्नुहुन्छ भन्छ कि मैले याद गरेको छैन । नातीसँग कुरा गरेर राष्ट्रपतिले राष्ट्रपतिले उद्घाटन गरे’ भन्ने नेपाली भाषा होइन ।’

‘राजा हुँदा राजाले हेर्दैन थिए, नजर गर्थे, हिँड्दैन थिए सवारी गर्थे, बस्दैन थिए, आराम गर्थे, सुत्दैन थिए, सुकला हुन्थ्यो । राजतन्त्र फाल्यौं भनेपछि यी जनताका छोरालाई किन मान्ने, किन सम्मान गर्ने,’ प्रधानमन्त्री ओलीले भने, ‘यू भनेपछि हजुरबुवा पनि भयो नाती पनि भयो । जुन भाषा गरिब छ त्यसले हाम्रो भाषाको उचाइ छुन सकेन भन्दैमा हामीले भाषाको कद घटाउने ?’