काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनमा दोस्रो संस्करणको ‘जयकुमारनाथ शाह मेमोरियल इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ मा मोक्षदा, सैनिक आवासीय र अपी स्कुल क्वार्टफाइनलमा पुगेका छन्। साविक विजेता सैनिकले समूह ‘ए’ को खेलमा लगातार दोस्रो जित निकाल्ने क्रममा बुधबार क्रिएटिभ स्कुललाई ५८ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको सैनिकले राजदिप आचार्यको ६५ रनको मद्दतमा ६ विकेटको क्षतिमा १२७ रन बनायो। जवाफी ब्याटिङ गरेको क्रिएटिभ १८.३ ओभरमा ६९ रनमै अलआउट भयो।