मानसिक दबाब र एक्लोपनाले बढाउँदैछ डिप्रेसनको जोखिम

द्रुत गतिमा बदलिँदो जीवनशैली, सामाजिक प्रतिस्पर्धा, र आत्म–अभिव्यक्तिको कम अवसरका कारण मानिसहरू डिप्रेसनको जोखिममा पर्न थालेका छन्। मनोवैज्ञानिकहरूका अनुसार डिप्रेसन एक गम्भीर मानसिक समस्या हो, जसले व्यक्तिको सोच, भावना र व्यवहारमा गहिरो असर पार्छ ।

डिप्रेसनका मुख्य कारणहरूमा पारिवारिक विछोड, रोजगारीको अभाव, आर्थिक तनाव, बाल्यकालको मानसिक आघात र सामाजिक अलगाव पर्छन् । पछिल्लो समय सामाजिक सञ्जालमा बढ्दो तुलना र स्वीकृति खोज्ने प्रवृत्तिले पनि मानसिक स्वास्थ्य कमजोर बनाइरहेको छ ।

विशेषज्ञहरू भन्छन्, “डिप्रेसन केवल भावनात्मक कमजोरी होइन, यो मस्तिष्कमा हुने रासायनिक असन्तुलनको परिणाम हो । “लामो समयसम्म तनाव झेल्नेहरूले जीवनप्रति निराशा, निद्रा गुम्ने, थकान महसुस गर्ने, र कहिलेकाहीँ आत्महत्या सोच्ने जस्ता लक्षण देखाउन सक्छन् ।

डिप्रेसन समयमै चिन्ह पहिचान गरी मनोपरामर्श, नियमित व्यायाम, ध्यान र आवश्यक परे औषधिको माध्यमबाट उपचार गर्न सकिन्छ । मानसिक स्वास्थ्यप्रति समाजमा चेतना र सहानुभूतिपूर्ण व्यवहारले मात्रै यो चुनौतीलाई न्यून गर्न सकिन्छ ।