फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब आर्सनललाई २-१ ले हराएको पिएसजी समग्रमा ३-१ को जितसहित दोस्रोपटक फाइनल पुगेको हो ।
पिएसजीको जितमा फाबियन रुइज र अचरफ हाकिमीले १-१ गोल गरे भने आर्सनलका बुकायो साकाले गरेको गोल सान्त्वना बन्यो ।