भारत-पाकिस्तान द्वन्द्व, नेपालको विमानस्थल लगायत उडानमा समस्या

भारत प्रशासित कश्मीरको जम्मु सहरमा विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचार संस्था एएफपीले सुरक्षा स्रोतलाई उल्लेख गर्दै जम्मुस्थित विमानस्थलमा विस्फोटहरू भएको जनाएको छ । विस्फोटको क्षतिबारे कुनै विवरण सार्वजनिक भएको छैन ।

गोलाबारी वा क्षेप्यास्त्र हमलाको आशंका गरिएको छ,ु जम्मू कश्मीर प्रहरीका पूर्वमहानिर्देशक शेष पल वैदले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, हाल त्यहाँ ब्ल्याकआउट छ ।ु

त्यस्तै, भारतको पञ्जाव प्रान्तको पठानकोट सहरमा पनि विस्फोट सुनिएको प्रहरी स्रोतलाई उल्लेख गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ ।
दुई देशको द्धन्द्धका कारण नेपाल लगायत दक्षिण एशियाका विमानस्थल र उडान क्षेत्रमा समस्या परेको छ । नेपालको भैरहवा र काठमाडौंबाट उड्ने र उत्रने उडानमा समस्या आएको छ ।


यसैबीच नेपला सरकारले दुई देशको द्धन्द्ध निवारणका लागि अघि बढ्न आग्रह गरेको छ । देशको द्धन्द्धमा कुनै पनि देशलाई समर्थन नगर्ने जनाउँदै आतंकवादको विरुद्धमा नेपाल रहेको उल्लेख गरेको छ ।