बिहिबार प्रतितोला १ लाख ९२ हजार २०० रुपैयाँका दरले कारोबार भएको सुनको मुल्य १ लाख ९० हजार ८ सय रुपैयाँमा पुगेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मुल्यमा गिरावट आउँदा त्यसको प्रभाव नेपाली बजारमा परेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मुल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदीको मुल्य प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।