नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र चीनबीचको ७० वर्ष परानो सम्बन्ध व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले नेपाल र चीनको संयुक्त लगानीमा ज्वाइन्ट भेन्चर एक्ज्युबेशन हल निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । चीनजस्तो ठूलो उपभोक्ता भएको देशमा नेपाली चियाको बजार विस्तार गर्न सकिने अपार सम्भावना रहेको उल्लेख गर्नुभयो । अध्यक्ष तुलाधरले दुबै देशको सीमा क्षेत्रमा सहजीकरण र व्यवस्थापनको प्रक्रिया, स्थानीय जनताको हितलाई केन्द्रमा राखेर अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै, चीनको भन्सार प्रणालीमा भएका नयाँ नियम तथा प्रक्रियाहरूको प्रभावकारी जानकारी नेपालका व्यवसायीहरू र निर्यातकर्ताहरूलाई दिनु आजको अत्यावश्यकता भएकाले दुवै देशका निकायहरूको सहकार्यमा प्रशिक्षण, सूचना पुस्तिका तथा व्यावसायिक परामर्श जस्ता विविध माध्यमको प्रयोग गरि सर्वसुलब रुपमा जानकारीको व्यवस्थापन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
।
अध्यक्ष तुलाधरले जसरी नेपालले भारतको बाटो प्रयोग गरि तेश्रो मुलुकमा वस्तु तथा सेवा निर्यात गरेको छ, त्यसअनुरुप छिमेकी राष्ट्र चीनको बाटो प्रयोग गरि अन्यन्त्र मुलुकमा सेवा प्रदान गरिएता पनि उल्लेख्य प्रगति नदेखिएकाले सहज हुन आग्रह गर्नुभयो । चीनसँगको बीआरआई सम्बन्धलाइ अझ बलियो पार्नुपर्नेमा उहाँले जोड दिनुभयो ।