फुटबलका लागि बजारमा आयो वार्षीक क्यालेन्डर

अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०८२ सालका लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । शुक्रबार काभ्रेको धुलिखेलमा भएको एन्फा साधारण सभाले क्यालेन्डर पारित गरेको हो ।

क्यालेन्डरअनुसार जेठ ५ देखि २४ सम्म एन्फा फेसिडेन्ट लिग हुने भएको छ । यसैगरी जेठ १८ देखि साउन १६ सम्म सहिद स्कारक ‘सी’ डिभिजन लिग छनोट, राष्ट्रिय लिग साउन १९ देखि असोज १० सम्म, ‘सी’ डिभिजन लिग पुस ६ देखि फागुन २५ सम्म हुनेछ ।

यसैगरी महिला लिग भदौ, सहिल स्मारक ‘ए’ डिभिजन लिग २०८२ पुस १ देखि २०८३ जेठ ३१, ‘बी’ डिभिजन लिग २०८० फागुन २० देखि २०८३ बैशाख ३१, एन्फा यु-१६ र यु-१८ लिग साउनदेखि कार्तिक सम्म आयोजना गरिने छ ।

यो वर्ष फुटसल लिग छनोट, ‘ए’ डिभिजन फुटसल लिग, नेपाल सुपर लिग, महिला फ्रेन्चाइज लिग, एन्फा अन्तरकलेज फुटसल च्याम्पियनसिप, एन्फा जिल्ला लिग, महिला फुटसल च्याम्पियनसिपलगात यतका प्रतियोगिता पनि क्यालेन्डरमा समावेश छन् ।

यसैगरी नेपाली पुरुष टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण, एएफसी एसिया कप छनोट दक्षिण एसियाली फुटबल महासंघ ९साफ० यु(१९ च्याम्पियनसिप, नेपाल चीन मैत्रीपूण खेल (चिनियाँ नयाँ वर्षको अवसरमा), साफ १७ च्याम्पियनसिप एएफसी यु(२३ एसियन कप, साफ च्याम्पिनसिपमा सहभागिता जनाउने छ ।

यसैगरी महिला टोलीले मैत्रीपूर्ण खेल, एसिया कप छनोट, साफ यु(२० च्याम्पियनसिप, एएफसी क्लब लिग, यु(२० एएफसी एसिया कप छनोट, साफ यु(१७ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।