नेपालमा हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्सले म्याक्सस ईटेरानो पिकअप र मिफा एमपीभी भित्र्याएको छ ।
केही समयका लागि मात्र, म्याक्सस ईटेरानो पिकअपको मूल्य ९९ लाख ९० हजार र मिफा एमपीभएको मूल्य १ करोड २४ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
पाँच जना बस्न मिल्ने म्याक्सस ईटेरानो पिकअपमा हिटेड सिट समेत भएकाले लामो यात्राका लागि समेत उपयोगी छ ।
फोर ह्विल ड्राइभमा उपलब्ध सो पिकअपमा १०२ किलोवाट आवरको ब्याट्री रहेको छ, जसलाई ४२ मिनेटमा २० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।
१९० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउन सकिने सो पिकअपले सिंगल चार्जमा ५६० किलोमिटर (एनईडीसी) रेन्ज दिने बताइएको छ । यसको फ्रन्टमा १२५ र रियरमा २०० किलोवाटको मोटर छ ।
२३० एमएम ग्राउन्ड क्लियरेन्स भएको ईटेरानो पिकअपमा सेफ्टीका लागि समेत ३६० डिग्री क्यामेरा, रियर र फ्रन्ट पार्किङ सेन्सर, एसीसी, आईसीए, लेन किप असिस्ट, इन्टेलिजेन्ट स्पिड लिमिट असिस्टेन्स लगायतका विभिन्न फिचर छन् ।
त्यसैगरी म्याक्सस मिफामा भएको ९० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ६३५ किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिने बताइएको छ ।
ब्याट्रीलाई ३० मिनेटमा ३० देखि ० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ, यसमा १८० किलोवाटको मोटर छ ।