कसैसँग बोल्न मन नलाग्ने रैछ ।
हिजो बोल्न सहज हुन्थ्यो, आज गाहे भैछ ।।
तपाई बोल्दा राम्रो भन्ने आज पराई भैछ ।
समाजको अवस्थाले यस्तो भको रैछ ।।
संसारलाई हामी जित्न मिल्यौं भने सक्छौं ।
एक अर्काको परिपुरक भइ हामी बस्छौं ।।
ठूलो सानो भनि व्यबहार किन हामी गछौं ।
कसैसँग आश हामी त्यसै किन पछौं ।।
समाजको ऋत नै यस्तो अघि पछि पार्ने ।
माथि उठ्न लागेका लाई तल तल झार्ने ।।
सहयोग होइन असहयोग मात्र सबै गर्ने ।
त्यसैले त म भिडभन्दा पर पर सर्ने ।।
आफन्त झन् आलो घाउँमा नुन चुक छर्छन् ।
मानव जात यस्तै त हो अर्काको भर पर्छन् ।।
मानिसको जात यस्तो खिसी टुरी गर्छन् ।
पिडा सहन नसकेर आत्महत्या गर्छन् ।।