पाकिस्तानले भारतको जम्मु कश्मिर क्षेत्रमा शुक्रबार बेलुका पनि हमाला गरेको छ । ठूलो संख्यामा ड्रोन आक्रमण गरिएको सुरक्षा निकायलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रेस ट्रष्ट अफ इन्डियाका अनुसार श्रीनगर विमानस्थलमा समेत ड्रोन आक्रमण भएको छ । जम्मु कश्मिरमा सर्वसाधरणलाई बाहिर ननिस्किन आग्रह गरिएको छ । बुधबार बिहान भारतले पाकिस्तानको जम्मु कश्मिर क्षेत्रमा हवाई हमाला गरेयता दुई देशबिच दोहोरो आक्रमण चलिरहेको छ।