नेपाल डेरी एशोसियशनका अध्यक्ष प्रल्हाद दाहालले नेपालीको मौलिक पन जोगाउन आग्रह गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा आफ्नो बिचार राख्दै अन्य देशले आफ्ना सामानको मूल्य बुझ्दा पनि हामीले समयमै ख्याल नराख्दा आर्थिक रुपले पछि परेको दुखेसो व्यक्त गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभयो,”समयमै ख्याल गरौं , आफ्नो मौलिक पन जोगाऔं,ल हेर्नुस् अब के नै बाँकी छ त हाम्रो नेपाली पन चाइनाले छ्याङ समेत प्याकिङ गरेर नेपाली बजारमा ल्याएको छ । गुन्द्रुक, जनै, सिन्की, चाना, मसेउरा सबै आउन थालेको छ।अब समयमै हामीले नसोच्ने हो भने हाम्रो मौलिक पन लोप हुने निश्चित छ।”