एल क्लासिकोमा बार्सिलोनाको सानदार जित

बार्सिलोनाले दुई गोलले पछि परेको स्थितीमा पुनरागमन गर्दै एल क्लासिकोमा रियल मड्रिडमाथि ४-३ को सानदार जित हात पारेको छ । केलिएन एमबाप्पेले ह्याट्रिक गरेपनि रियललाई हार टार्न पर्याप्त भएन ।

यो जितपछि बार्सिलोनाले ला लिगाको उपाधि नजिक पुगेको छ । जितपछि बार्सिलोनाले ३५ खेलबाट ८२ अंक जोडेर दोस्रो स्थानको रियलमाथि ७ अंकको अग्रता बनाएको छ । समान खेलबाट रियलको ७५ अंक छ । लिगमा अब ३ चरणको खेल बाँकी छ । बार्सिलोनालाई लिगको उपाधि जित्न अब एक खेल जिते पुग्नेछ ।