नेपाल एक खेल अगावै सेमिफाइनलमा

श्रीलंकालाई ५-० ले पराजित गर्दै नेपाल भारतको अरुणाञ्चल प्रदेशमा भइरहेको साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनमा प्रवेश गरेको छ । समूह बी अन्तर्गत आफ्नो पहिलो खेल जितेपछि नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो ।

यसअघि समूहको पहिलो खेलमा भारतसँग ८-० ले पराजित भएको श्रीलंका लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ । नेपालसँगै भारतले पनि अन्तिम चारमा स्थान बनाएको छ । अब मंगलबार हुने नेपाल र भातबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ ।

युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा ४ गोल थपेको हो । सुजन डंगोलले पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।