भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले कुनै पनि आणविक ब्ल्याकमेल सहन नसक्ने बताएका छन् । सोमबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले भने, यदि भारतमा आतंकवादी आक्रमण भयो भने उचित जवाफ दिइनेछ । हामी आफ्नै तरिकाले र आफ्नै सर्तमा जवाफ दिनेछौँ । आतंकवादको जरा निस्कने हरेक ठाउँमा हामी कडा कारबाही गर्नेछौँ ।
अप्रिल २२ मा पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणपछि, भारतले मे ६ को राति र मे ७ को बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको थियो । भारतले पाकिस्तानमा रहेको आतंकवादी शिविरलाई निसाना बनाएको दाबी गरेको थियो । भारतले यो कारबाहीलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको थियो ।
यसपछि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा प्रतिक्रिया दिँदै भने, पाकिस्तानलाई बदला लिने पूर्ण अधिकार छ उनले भारतको यो आक्रमणलाई युद्धको कार्युको रूपमा वर्णन गरेका छन् ।
सोमबार, प्रधानमन्त्री नरेन्द्र मोदीले थप भने, भारतले कुनै पनि आणविक ब्ल्याकमेल सहन सक्दैन । भारतले आणविक ब्ल्याकमेलको आवरणमा फस्टाइरहेका आतंकवादी अड्डाहरूमा सटीकता र निर्णायकताका साथ प्रहार गर्नेछ ।