देशैभर विद्युत अवरुद्ध

देशैभर हिजो बिहिबार करिब एकघण्टा विद्युत अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणले ढल्केबर सबस्टेशनमा समस्या आउँदा विद्युत प्रसारणमा समस्या भएको जनाएको छ ।

भारतबाट विद्युत् आयात गर्ने ढल्केवर–मुजफ्फपुर प्रसारण लाइनमा समस्या आउँदा विद्युत प्रसारणमा समस्याआई विद्युत् प्रणाली अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।

देशको पूर्वी तथा मध्य भागका धेरै क्षेत्रमा एकैपटक विद्युत् प्रसारण अवरुद्ध भएको बताए । भारतपट्टीको क्षेत्रमा समस्या आउँदा यहाँ विद्युत् आपूर्ति हुन नसकेको प्राधिकरणको भनाइ छ ।