नेपालमा आजदेखि सगरमाथा संवाद

यही जेठ २ गते शुक्रबार आज देखि नेपालमा सगरमाथा संवाद हुने भएको छ । जेठ ४ गते आगामी आइतबारसम्म नेपाल सरकारले पहिलो पटक काठमाडौँमा सगरमाथा संवादको आयोजना गर्दैछ ।

कार्यक्रमका लागि हालसम्म ३७ देशका १६० विदेशी पाहुना नेपाल आइसकेका छन् ।

संवाद अघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको गम्भीर रुपमा ध्यानाकर्षण गराउन सगरमाथा संवादको आयोजना गरिएको बताउनुभएको छ ।

सगरमाथा संवाद अघि नै नेपाली उच्च पदाधिकारीहरुका लागि प्रधानमन्त्री ओलीले वातावरणीय मुद्दामा लापरबाही र विलम्ब गरिए विनाशमा पुगिने भएकाले यसमा संसारको ध्यान पुग्न जरुरी रहेको उल्लेख गर्नुभयो ।