नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।
बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (जेठ २ गते, मे १६)को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ५९ पैसा र विक्रिदर १३७ रुपैयाँ १९ पैसा रहेको छ ।
त्यसैगरी आज युरो १ को खरिद दर १५२ रुपैयाँ ९१ पैसा र विक्रिदर १५३ रुपैयाँ ५८ पैसा रहेको छ ।
त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८१ रुपैयाँ ८६ पैसा र विक्रिदर १८२ रुपैयाँ २६ पैसा रहेको छ ।