जलश्रोत तथा ऊर्जामन्त्री ले नेपाललाई आत्मनिर्भर बनाउने दिशामा सबैभन्दा भरपर्दो क्षेत्र भनेको कृषि क्षेत्र रहेको बताउनुभएको छ ।
सिन्धुपाल्चोक इन्द्रावति गाउपालिका अवलोकन पछि उर्जामन्त्री खड्काले कृषि उत्पादन वृद्धि बिना समृद्धिको सपना अधुरो रहने भएकाले विकासको लक्ष्यका साथ सिन्धुपालचोक जिल्ला, इन्द्रावती गाउँपालिका, भीमटारको क्षेत्रगत अवलोकन गरेको उल्लेख गर्नुभयो ।
उहाँले भीमटार क्षेत्रमा कृषि विस्तारका अपार सम्भावना छन्, तर सिँचाइको अभावले किसानले अपेक्षित लाभ लिन सकेका छैनन्। सरकारले किसानलाई सहज र भरपर्दो सिँचाइ सुविधा दिन सक्यो भने यहाँको कृषि उत्पादनमा उल्लेखनीय वृद्धि गर्न सकिनेमा जोड दिनुभयो ।