संयुक्त अरब इमिरेट्स (दुबई)का ऊर्जा तथा दिगोपन मामिलाका लागि सहायक विदेश मन्त्री अब्दुल्ला बलालासँग आज शुक्रबार नेपालका जलश्रोत तथा ऊर्जा मन्त्री दिपक खड्कासँग भेटवार्तासँग भेटवार्ता भएको छ ।
सिंहदरमा ऊर्जा मन्त्रालयमा भएको भेटमा नेपालमा जलविद्युत क्षेत्रमा प्रचुर सम्भावना रहेको र सरकारले उर्जा विकास मार्गचित्र ल्याएर थप वातावरण समेत बनाउदै गएकोले जलविद्युत, सौर्य उर्जा, हरित हाइड्रोजन तथा प्रसारण लाइनजस्ता सेक्टरमा युएईका बलालाको कुराकानी भएको हो ।
दुबईका विदेश सहायकमन्त्री अब्दुल्लाले नेपालले उर्जा क्षेत्रमा लगानी गर्न वातावरण बनेकोले नवीकरणीय उर्जाको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताउनुभएको छ ।
आगामी दिनमा उर्जा क्षेत्रको विकासमा दुई देशबीच सहकार्य गरेर जाने दुईदेशका मन्त्रीबिच छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।