युद्धबन्दी रिहाबारे रुस र युक्रेनबिच सहमति

रुस र युक्रेनबीच युद्धबन्दी रिहा गर्नेबारे सहमति भएको छ । टर्कीको इस्तानबुलमा दुई पक्षबिच भएको छलफलमा यस्तो सहमति भएको हो । बैठकपछि युक्रेनका रक्षामन्त्री रुस्तम उमेरोभले जनाए अनुसार दुवै मुलुकले यो सहमति अनुसार एक–एक हजार युद्धबन्दीलाई रिहा गर्ने छन् ।
दुबै देशले युद्धविराम र बन्दीहरूको अदलाबदलीको मुद्दामा छलफल गरेको र एक हजार बन्दीको रिहाइमा सहमति जुटेको छ ।
वार्तामा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरेका भ्लादिमिर मेन्डिस्कीले पनि कैदीको अदलाबदलीमा सहमति गरेको पुष्टि भएको छ ।
युक्रेनी पक्षले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच सोझै छलफल होस् भन्ने अनुरोध गरेको छ । दुवै पक्षले युद्धबन्दी रिहा गर्ने मिति सुनिश्चित गरिसकेको तर त्यसलाई सार्वजनिक भने नगरिएको बीबीसीले जनाएको छ ।