बिजुली गयो भन्नु जनतालाई भ्रम पार्नु हो : रिमाल

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले समाजमा सेवा दिने भन्दा कथा बनाउनेहरू चर्चामा रहेको बताउनुभएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सामाजिक सञ्जालमार्फत आइतबार सुझाव दिँदै रिमालले समाजलाई कामको प्रतिफल दिनेभन्दा समाजमा न्यारेटिभको अँध्यारो छायामुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय रहेको जिकिर गर्नुभयो ।
उहाँले बिजुली

‘समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायामुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ,’ उहाँले भन्नुभएको छ, ‘अहिले हाम्रो समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा छन् । यस्तो बेलामा तपाईंले इमान्दार प्रयास गर्नुभयो भने पनि, त्यो ‘फिड’ मा देखिँदैन—किनकि त्यो ‘फ्रेम’को हिस्सा होइन ।’