गाउँपालिकाका दुई दर्जन बढी पाटनमा पाइने यार्सागुम्बा संकलनका लागि जिल्लाका बासिन्दा र बाहिर जिल्लाबाट सर्वसाधारण यार्सा संकलनका लागि आउने गर्दछन्।
मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि याम सुरु भएको छ। यार्सा संकलन समय सुरु भएसँगै गाउँपालिकाकाले यही जेठ १३ गतेबाट वन प्रवेश खुला गर्ने भएको हो।
गाउँपालिकाका दुई दर्जन बढी पाटनमा पाइने यार्सागुम्बा संकलनका लागि जिल्लाका बासिन्दा र बाहिर जिल्लाबाट सर्वसाधारण यार्सा संकलनका लागि पुग्ने गर्दछन्। जिल्लावासीका लागि प्रतिव्यक्ति २ हजार र बाहिरी जिल्लाबाट आउने संकलनकर्ताका लागि ३ हजार ५०० वन प्रवेश शुल्क निर्धारण गरिएको गाउँपालिकाकाले जनाएको छ।
जेठ १३ गते वन प्रवेश खुला गरिने भएकाले वन प्रवेशपछि यार्सा संकलनका क्रममा वातावरणमा असर पुग्ने खालका क्रियाकलाप नगर्न संकलनकर्तालाई गाउँपालिकाकाले आग्रह गरेको छ।