पिएसजीले जितेसँगै लिग वान सिजको अन्त्य

च्याम्पियन पेरिस सेन्टजर्मेन पिएसजी ले जितेका साथ लिग वान सिजनको अन्त्य गरेको छ।
पिएसजीले शनिवार ओसेरमाथि ३-१ को पुनरागमन जित निकालेको हो।

अप्रिल ५ मा आङ्जेरलाई हराएर ६ खेल बाँकी छँदै पिएसजीले लगातार चौथो लिग १ उपाधि जितेका थियो।
३० औं मिनेटमा लासिन सिनेयोकोले गोल गर्दै ओसेरलाई अप्रत्याशित अग्रता दिलाए।

पिएसजीले दोस्रो हाफको ८ मिनेटभित्र दुई गोल गर्दै सिजनको २६औं लिग खेल जित्यो ।

ख्विचा ख्वारात्स्खेलियाले ५९ औं मिनेटमा बराबरी गोल गरे । त्यसपछि मार्किन्होसले ६७ औं मिनेटमा हेडमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।

गोनकालो रामोसले पेनाल्टीमार्फत अग्रता बढाउने अवसर गुमाए । तर ख्वारात्स्खेलियाले ८८औं मिनेटमा गोल गर्दै ३(१ को जित निश्चित गरे।

लुइस एनरिकको टोली आउने १४ दिनभित्र दुई फाइनल खेल्दै थप उपाधि जित्ने प्रयासमा छ। पिएसजीले ले मे २४ मा रेम्ससँग फ्रेन्च कप फाइनल खेल्नेछ । त्यस्तै मे ३१ मा च्याम्पियन्स लिग फाइनलमा इन्टर मिलानसँग भिड्नेछ।

पिएसजीले यसअघि जनवरीमा मोनाकोलाई हराएर फ्रेन्च सुपर कप पनि जितेको थियो । जसले गर्दा सिजनको अन्त्यमा चार उपाधिसम्म जित्ने सम्भावना छ।

पिएसजी जुनमा हुने नयाँ स्वरूपको फिफा क्लब विश्वकपमा पनि सहभागी हुने तयारीमा छ।