भारतीय टेलिभिजनका समाचार कार्यक्रम भन्नेबित्तिकै जनताको मनमा र दिमागमा ठूला अक्षरमा लेखिएका तीखा हेडलाइन, चार पाँचवटा ‘स्प्लिट स्क्रिन’ मा देखा पर्ने गेस्ट, स्क्रिनको कुनै सीमित ठाउँमा लगातार दोहोरिरहने फुटेजको सानो टुक्रा, उग्र प्रस्तोता यस्तै, यस्तै । त्यसबाहेक हो हल्ला, गालीगलौज, हिन्दू मुस्लिम जस्ता शब्दले सबैलाई डर दर्शाउँछ ।
भारतको एबीपी न्यूज टेलिभिजनमा ‘महादंगल’ नामक कार्यक्रम आउँछ । यो पनि अरू समाचार च्यानलमा देखिने आम कार्यक्रमजस्तै हो । गत साता एक दिन रोमाना इसार खानले महादंगल कार्यक्रम सञ्चालन गरिरहेकी थिइन् । भारत र पाकिस्तानबीच युद्धविराम थियो । कार्यक्रममा ५ जना पाहुना बोलाइएका थिए ।
कार्यक्रममा आई कांग्रेसका तर्फबाट महिमा सिंह, भारतीय जनता पार्टीका तर्फबाट अजय आलोक, अल इण्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमिनका तर्फबाट वारिस पठान पाहुना थिए । त्यसैगरी, लोकजनशक्ति पार्टी रामविलासका तर्फबाट धीरेन्द्रकुमार मुन्ना र ‘एक्सपर्ट’ का रुपमा अवकाशप्राप्त मेजर जनरल जीडी बक्सी र पूर्वकूटनीतिज्ञ दीपक बोरा पनि कार्यक्रममा पाहुना बनेर आएका थिए । प्रश्न सोध्ने मिडियाले त्राहिमाम बनाएको देख्दा लाग्छ, भारत र पाकिस्तानको द्धन्द्धको बढावा दिन मिडिया नै लागेको देखिन्छ ।
यसले गर्दा सञ्चार माध्यमको सामाजिक उत्तरदायित्व नै नभएको प्रष्ट हुन्छ ।