नेपालको उत्तरि छिमेकि मुलुक चिन अहिले बिकास अन्वेषणमा बिस्वकै सर्बशक्तिमान मुलुक बन्दै गएकोमा कुनै सङ्कोच छैन मैले यस मुलुकको दुइपटक भ्रमण गरे दुबै भ्रमणमा यहाको एउटा चिजमा नतमस्तक भए यहाको पर्यटकलाइ गर्ने ब्यबहार चाहे महिला बृद्द वा बालक सबैको प्राथमिकता पर्यटकलाइ हुने रैछ, भनिन्छ कुनैपनि मुलुकमा बिकासको मापन तत्काल हेरेर गर्न सकिने यातायात हो ।
यातायात
सार्बजनिक यातायातको बिकाश कस्तो छ भन्ने मैले सरसर्ति हेर्दा आएको पहिलो दिन नै याद गरे यहाको यातायात प्रणालि वाउ एउटा कार्ड लिनुस ट्याक्सि , बस, ट्रेन जे चढ्नुस सहज अर्को कुरा यहाको तपाइ चाहे रेलवे स्टेशन जानुस चाहे बन्दरगाह त चाहे बिमानस्थल सबै एकै, तपाइ प्रतिक्षालयमा बस्दा तपाइ आफै झुक्किनुहुन्छ कि म कहा छु सबैतिर एकै प्रकारको कम्बिनेशन यहाका बस्ने स्थान शौचालय,एक्सिलेटर बा एलिभेटर सबै कुरा सफा र मिलेका छन अन्डरग्राउन्ड तिन तहमा मेट्रो रेलहरु कुदिरहेका छन । जहाँ ट्राफिक जाम र ध्वनि प्रदुषण न्यून छ ।
बिमानस्थलमा माथि रनवे छ तल रेल कुदिरहेका छन । माथि ताल तथा पोखरि छन । तल रेल कुदिरहेका छन साना साना पहाडहरुमा टनेल बनाइएका छन । त्यसबाट बिकाश मात्र हैन साना गाउहरुलाइ ठुला शहरसँग जोडिएका छन । बाटा फराकिला पार्किङ स्तरिय साइकल लेन सफा फुतपाथ मा गार्डेनिग आहा तपाइ बाटोमा हिडदा झुक्किनुहुनेछ कि बाटोमा छु वा बगैचामा , त्यसपछि कुरा गरौ खोलाको याहा खोला अति कन्चन छन साना छन तर सफा छन झन्डै नेपालको हाल बस्ने जनसङ्ख्या र बेइजिङको मात्र जनसङ्ख्या बराबर जस्तै छ । तर हाम्रो सभ्यता जोडिएको बागमति र यहाको सानो एक नहर यहाको पानी ढल ब्यबस्थापन तथा रुखहरुको रोपाइ अति आधुनिक छ पत्याउन गार्हो हुन्छ यहा बेइजिङको मुख्य स्थानका छेउछेउमा मान्छे हरु फिशिङ गरिरहेका हुन्छ्न हेर्दा मन आनन्द हुने रहेछ ।
कुरा गरौ पर्यटकिय स्थानहरुको पुरातन प्रकृतिका स्थान होस या नया निर्माण गरिएका हुन सुबिधा उहि र स्तरिय छन एउटा सानो पर्यटकिय गन्तब्य बनाइदिएर हजारौलाइ रोजगारि तथा ब्यापार ब्यबसायमा ब्यस्त बनाइदिएका छन । जसबाट रोजगारि सिर्जना र आर्थिकोपार्जन भैरहेको देखिन्छ ।
यहा पुराना सम्पदा वा खोज अनुसन्धानको जगेर्ना गर्ने प्रबृति रहेछ जसमा धेरै कुराहरु देख्न सकिन्छ त्यसैगरि ग्रेटवाल सम्बर्द्दन पनि अति बिशिस्ट छ चिनमा अवस्थित ग्रेटवाल बिस्वका सात आस्चर्य मध्ये एक हो जुन सयौ वर्ष लगाएर बनाएको एक पर्खाल हो यसमा काम गर्दा हजारौको ज्यान गएको र यो एक राजाले लिएको लक्ष्यअर्का राजाले पुरा गरेका हुन ।
अहिलेपनि ग्रेटवाल हेर्दा भर्खर निर्मित गरेको जस्तो लाग्छ । जसको रङ र कलालाइ जसको हरेक चिजलाइ उस्तै दुरुस्तै राखिएको छ्। यो ग्रेटवाल ले वार्षिक करोडौं पर्यटक भित्र्याएको छ ।
अनुसन्धान तथा अन्वेषण
यो एउटा त्यस्तो मुलुक हो जसले सारा विश्वलाइ नै विज्ञानमा च्यालेन्ज दिरहेकोछ अनुसन्धानबाट नयाँ प्रबिधिको विकास गरेको छ जहाँ बिस्वमा एकछत्र राज गर्न सक्ने उपकरण हरु बनाएको छ । गुणस्तरिय सामान निर्माण तथा निर्यातमा समेत विशेष उदाहरणिय काम गरिरहेको छ ।
यो एक यस्तो मुलुक हो जसमा पुराना बस्तुहरुको जगेर्ना तथा प्रचारमा अग्रणि छ । यसले सताब्दियौ अघिका सामान बिउ बिजन वा सबै कुराको जगेर्ना त गरेको छ नयाँ प्रबिधिको समेत बिस्वसमुदायमा प्रशिक्षण र परिक्षण गर्दै आइरहेको छ । जसमा हाइ स्पिड रेल बस बिमानका बारेमा शिक्षा लिने अवसर हाम्रा जस्ता कयौ मुलुकलाइ दिइरहेको छ ।
प्रकृतिप्रेमि मुलुक
यो मुलुकले नयाँ आबिस्कारका सँगसँगै प्रकृतिको संरक्षण गरेको छ । बाताबरण प्रभाबलाइ न्युनिकरण गर्न प्राय: करिब ८० प्रतिशत सबारिसाधन बिधुतिय छ्न । रुख बोट बिरुवा अत्याधिक रोपिएका छन । जिब जन्तु तथा बनस्पतिलाइ बिशेस जोगाइएको छ । बनस्पतिमा समेत अनुसन्धान गरि प्राकृतिक बनाइएको छ । प्लास्टिक का सामान न्युन छ्न । काठ कागज तथा बासको प्रयोग अत्यधिक छ बासको , खाना देखि बस्ने चिजहरु शयनकक्ष देखि यातायातका साधनहरु औसधिदेखि मदिरासम्म यसैको बनाइएको छ टिस्यु पेपर कपडा देखि पार्केटिङ घर छाउने चिज सबै बास र बासजन्य सामानहरु छन ।
यो त एक उदाहरण हुन त्यसैगरि पहाडका घना जङगलामा फल फल दिने मानिसलाइ आवस्यक पर्ने र ब्यबसायिकतामा सहज बनाउने बिरुवा लगाइएका छन । बस्ति छैनन बाटो छैनन पहाडका टुप्पा मा घर छैनन छ त केवल हावाबाट निकालिने बिजुलि जहा बाताबरण जोगाउन हरदम लागिएको छ । सहज सरल सबै चिजबाट सम्पन्न स्थानमा मात्र बस्ति बनाइएको छ ।
शिक्षा स्वास्थ
यहा बिस्वस्तरिय र अत्याधुनिक बिस्वबिधालय छन जहाँ बाहिरका बिद्यार्थि वर्षेनी लाखौ आउने गर्छ्न । यहाँको पढाइ, सुरक्षा, अनुसन्धानात्मक काम र यहाँ वर्षेनी भाषा विषय र विज्ञता अति सान्दर्भिक हुने भएकाले पढाइकोलाइ पनि यो मुलुक सान्दर्भिक र रोजाइमा पनि पर्दछ । त्यसैगरि स्वास्थ्यमा सहज सरल सस्तो र अति प्रबिधियुक्त रहेको छ । यहाँको औसत आयु अनुसारनै यसको अनुमान लगाउन सकिन्छ ।
अन्त्यमा नेपालले आफ्नो भुगोल अनुसार टनेलको बिस्तार प्रकृतिक संरक्षणसँगै पर्यटन प्रबर्द्दन , बिधुतको अत्याधिक उत्पादनबाट हरित मुलुकको परिकल्पना र पेट्रोलियम पदार्थ आयातमा अन्त्य गरी गर्न आवश्यक छ । त्यसैगरी जैबिक सामाग्रीको सरक्षण गर्दै विश्वसम्पदासूचीमा सुचिकृत स्थानवरपर आधुनिकताका साथ बिकास र प्रबर्द्नन गर्नुपर्ने र चीनको विकासका विधिहरु अवलम्बन गर्नुपर्ने देखिन्छ ।