प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाभन्दा परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकार चलाउन थालेको पाइएको छ । सरकारी निकायका विभिन्न विभाग तथा संस्थानमा राजनीतिक नियुक्ती गर्ने जिम्मा सबै परराष्ट्रमन्त्री निकट भएको पाइएको छ ।
पूर्व प्रधानमन्त्री देउवा र प्रधानमन्त्री ओलीद्धारा विगत लामो समयदेखि गिजोलिएको नेपाल राष्ट्र बैंकको गर्भनर पदमा एक हप्ता अघि मात्र नाम चलेका परराष्ट्रमन्त्री आरजुका व्यवसायीक साझेदार विश्वनाथ पौडललाई मंगलबार जिम्मा लगाइएको छ ।
के नेपाली कांग्रेसको भातृ संगठन हो नेपाल राष्ट्र बैंक भन्ने प्रश्न समेत सर्वसाधारणबाट निस्केको छ ।