आज सेयर बजार ७.९४ अंकले आज सेयर बजार घटेको छ । नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आज पदभार सम्हालेका थिए । हिजो झण्डै ५० अंकले बढेको सेयर बजारमा आज गिरावट आएको छ । आज नेप्से ७.९४ अंकले घटेर २६६९.५१ विन्दुमा रोकियो । १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार ६८० रूपैयाँ बराबरको कारोबार हुँदा २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर खरिदबिक्री भयो ।
आज कारोबारमा आएकामध्ये ९३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । भने, १५३ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको मूल्य थपघट भएको छैन । राधी विद्युत कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज ७१ करोडभन्दा बढीको कारोबार भएको हो । ओम मेगाश्री फर्माको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।