नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले अर्थविद् डा. पौडेललाई शपथग्रहण गराए।
अर्थशास्त्री डा. पौडेल मंगलबार नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्त भएका थिए । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिबाट सिफारिस भएका तीन नाममध्ये डा. पौडेललाई गभर्नरका लागि छनोट गरेको हो ।