नेप्से १९ अंकले बढ्यो, पौने १० अर्बको सेयर कारोबार

साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १९.४० अंकले बढेर दुई हजार ६८८.९१ अंकमा पुगेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १.५९ प्रतिशतले बढेको छ। आज ३१४ कम्पनीका दुई करोड २३ लाख ९६ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा नौ अर्ब ८२ करोड २० लाख ७० हजार रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो दिन नेप्से करिब आठ अंकले घट्दा झन्डै साढे १० अर्बको सेयर कारोबार भएको थियो।

आज बैंक समूहको सूचक सबैभन्दा धेरै ३.९४ प्रतिशतले बढ्दा लघुवित्त २.६१ प्रतिशतले उकालो लागेको छ। यसैगरी, म्युचल फन्ड र निर्जीवन बिमा समूह एक प्रतिशतभन्दा थोरैले वृद्धि भएका छन्।