योजना आयोग र एडिबीका पदाधिकारी भेटवार्ता

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी र एसियाली विकास बैँक बैकल्पिक कार्यकारी निर्देशक नुरुस्सदा मुहरर्म विच भेटवार्ता भएको छ ।
राष्ट्रिय योजना आयोगमा शुक्रबार भएको भेटमा एसियाली विकास बैँकका नेपाल प्रमुख आर्नो एम काउचोइज, एसियाली विकास बैँकका निर्देशकका सल्लाहकार जेसिका लिम र आयोगका सहसचिव खोमराज कोइराला सहितका पदाधिकरीको उपस्थिति रहेको थियो।
भेटमा आयोगका उपाध्यक्ष अधिकारीले प्रमुख विकास साझेदारका रुपमा एडीबीले नेपालको विकास प्रयासमा गरेको महत्वपुर्ण सहयोगको प्रशंसा गर्दै नेपालको विकासका प्राथमिकता र आयोजनाको प्राथमिकीकरण गरी प्रभावकारी कार्यान्वयनको बारेमा धारणा राख्नुभयो ।
आयोगका सहसचिव कोइरालाले नेपालमा एडीबीको सहयोगमा संचालित आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्ने र नेपालको विकासका प्राथमिकतामा आधारित भएर सहयोग परिचाल गर्न जोड दिनुभयो  ।

उहाँहरुबीच आगामी दिनमा द्विपक्षीय साझेदारीलाई थप मजबुत बनाउने विषयमा समेत छलफल भएको छ ।