शेयर धितो कर्जाको भार घटाउँदा पनि नेप्से ओरालो

हिजो आइतबार नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमासको समिक्षा गर्दै सेयरधितो कर्जाको जोखिमभार लगानीकर्ताको माग अनुसार नै निर्धारण गर्यो । १२५ प्रतिशत औषत जोखिम भारलाई घटाएर १०० प्रतिशत बनाउँन आर्थिक वर्षको शुरुबाटै लबिङ गरेका लगानीकर्ताको माग आर्थिक बर्षको तेस्रो त्रैमास सकिएपछि सम्बोधन भयो ।

यसकारण पनि आजको सोमबार बजार बढ्ने अनुमान धेरैले गरेका थिए । शुरुमा बजार बढेपछि अन्तत फेरी नेप्से २६ सयकै लाइनमा आएर बन्द भयो । नेप्से सुचक २७४३.६२ अंकसम्म पुगेको थियो ।

बजार बन्द हुने बेलासम्म २७ सयबाट झरेर २६७७ बिन्दुमा रोकियो । यसदिन बजार २.९७ विन्दुले घटेको हो । कारोबार रकम पनि खुम्चिएर ७ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । एउटा कम्पनी ओम मोगाश्री फार्मास्युटिकल्सको सेयर मूल्यमा मात्र सकारात्मक सर्किट लागेको छ ।

लगानीकर्ताले गरेको माग केन्द्रिय बैंकले सम्बोधन गर्दा पनि बजार नबढ्नुमा आगामी बजेट कस्तो आउने हो भनेर अन्यौल सृजना गरेको हो की भन्ने देखिन्छ ।

सोमबार ३ सय ३७ कम्पनीको १ करोड ७१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा छ ।